• शनिबार-श्रावण-१२-२०८१

तानसेन (पाल्पा)को बदलिंदो चित्र(२) : राजा मुकुन्द सेनको मृत्यु र राज्य विखन्डन

 

मुकुन्द सेन प्रथमको समयमा पाल्पा राज्यको समृद्धि, ख्याति र उन्नति चरम उत्कर्षमा पुगेको थियो ।  उनको समयमा भएको पाल्पा राज्यको भौगोलिक क्षेत्र विस्तार तथा सभ्यता र संस्कृतिको उन्नतिले उक्त कुराको पुष्टि गर्छ । मुकुन्द सेनले गण्डकी प्रदेशको गोरखासम्म आफ्नो अधिकार जमाउन सफल भएका थिए ।

 

एक स्रोतमा उल्लेख भए अनुसार कान्तिपुरका राजा  रत्न मल्ललाई कुकुनाम र देवान नाम गरेका भोटका जमातले दुःख दिंदा उनले गुहार मागेकाले पाल्पाका राजा मुकुन्द सेनले रत्न मल्लको उद्धार गरेका थिए । 

 

पाल्पाली मुकुन्द सेन


पाल्पाली राजा मुकुन्द सेनको मृत्युपछि उनले संगठित बनाएर राखेको पाल्पा राज्य टुक्रिन गएको थियो । र, तनहुँ भृङ्गी सेन नाम गरेका उनका छोराको भागमा परेको थियो । राजा मुकुन्द सेन एक धार्मिक प्रवृत्तिका राजा थिए र यिनले आफ्नो अन्तिम समयमा राजनीतिबाट अलग भएर देवघाटमा धार्मिक जीवन बिताएका थिए ।

 

आफूद्वारा विजित पाल्पा राज्य अन्तर्गतका क्षेत्रहरूमा उनले आफ्ना छोराहरूलाई प्रशासक बनाएर पठाएका थिए र उनको मृत्यु भएपछि उनका छोराहरूले नै आफू प्रशासक भएको क्षेत्रलाई छुट्टै राज्यको रुपमा स्थापना गरेर आफूलाई राजा बनाए र विशाल पाल्पा राज्य टुक्रिन पुगेको थियो । 


नेपाल एकीकरणमा योगदान


वि. सं १८४३ जेठमा अघि बढेको नेपाली र पाल्पाली संयुक्त फौजले जेठ ११ गते गुल्मी, भाद्र २६ गते अर्घा, २८ गते खाँची र आश्विन १४ गते पर्वत विजय ग¥यो । त्यसपछि क्रमशः धुरकोट, गलकोट, मुसिकोट, इस्मा, दाङ, प्युठान र रोल्पा विजय गरी मङ्सिरसम्ममा भेरी नदीसम्मका क्षेत्रहरु एकीकृत गरिए ।

 

पाल्पासँग गरिएको सन्धि अनुसार आधा क्षेत्र दिनुपर्ने भए पनि केवल अर्घा, खाँची र गुल्मी तीनओटा राज्य दिई बाँकी सम्पूर्ण क्षेत्र नेपालमा मिलाइयो । ऐतिहासिक शहरका रूपमा परिचित तानसेन बजार पाल्पा र छिमेकी जिल्लाको गाउँगाउँमा यातायताको पहँुच  र बजार विकेन्दित हुन थालेपछि अहिले साँगुरिएको छ । 


दक्षिण एसियाको भूपरिवेष्ठित देश नेपालको ७७ जिल्लाहरू मध्ये एक हो । क्षेत्रफल घटेसंगै पाल्पाको जनसंख्या सन् १९८१ मा २१४४४२, १९९१  मा २३६३१३, सन् २०० १ मा २६८५५८, २०११ मा २६११८० र सन् २०२१ मा २४५०२७ पुगेको देखिन्छ ।  यो जनसंख्याको घट्दो दर करिब ०.६१ प्रतिशतले सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ ।  १३३७ एस्क्वायेर किलोमिटरमा  फैलिएको पाल्पामा जनघनत्व १७८.५ प्रति किलोमिटर रहेको छ । 


भौगोलोलिक, राजनैतिक अवस्था 


तानसेन नेपालको  लुम्बिनी प्रदेशको पाल्पा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो । पाल्पा जिल्लाको तत्कालीन पाल्पा तानसेन इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१४ जेष्ठ १७ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो ।

 

तत्कालीन राजा महेन्द शाहले वि.सं. २०१७ पुस २२ गते नेपालमा पंचायती व्यवस्था लागु गरेपछि तानसेन नगरपालिकाको नाम स्वतः परिवर्तन भई ‘तानसेन नगरपञ्चायत’ भएको थियो । 


नेपालको संबिधान २०७२ अनुसार वि.सं. २०७३ साल फाल्गुण २२ गते नेपालमा स्थानीय तह कायम गर्दा पाल्पा जिल्लामा साविक बराग्दी, मदनपोखरा तेल्घा बन्दी पोखरा बौघगुम्बा बुघा पोखराथोक र अर्गली  गाउँ विकास समितिहरूलाई समेटेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो । पाल्पा पश्चिम नेपालको एक ऐतिहासिक शहर हो ।

 

यो शहर बुटवल तथा पोखरा भएर जाने राजमार्गमै अवस्थित छ । तानसेन दरबार, रानी महल, भगवती मन्दिर  अमरनारायण मन्दिर, भैरव स्थान मन्दिर यहाँका लोकप्रिय पर्यटकीय स्थलहरू हुन् । 


जनसंख्या


लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लामा साविक बराग्दी, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघागुम्बा, बौघा पोखराथोक र अर्गली गाविसहरूलाई मिलाएर तानसेन नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो । नेपालको राष्ट्रिय जनगणना २०७८ का अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर तानसेन नगरपालिकाको जनसंख्या ५०,७९२  रहेको छ । 


पछिल्लो समयमा पर्यटन विकासका थप सम्भावना बोकेको पाल्पालाई देशका कुनाकाप्चा र विदेशमा चिनाउन पर्यटन क्षेत्रको विकास हुनु जरुरी रहेको छ । प्रकृति, संस्कृति, शिक्षा, कला, सभ्यता, रहनसहन र जैविक विविधताले समृद्ध मनोरम पहाडी जिल्लाको सदरमुकाम तानसेनको आर्थिक गतिविधि अगाडि बढाउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आउन चाहेका छन् । तर, त्यसको लागि सरकारी तवरबाट उचित वातावरण सिर्जना गर्नुपर्ने व्यवसायीहरू बताउँछन् । 


 तानसेन र नगरोन्मुख शहर रामपुर, हार्थोक, आर्यभञ्ज्याङमा पाँच वर्ष यता आएका दुई दर्जन बढी बैंकका शाखाहरूले यहाँको विकासका क्षेत्रमा लगानी गर्नुपर्ने  हुन्छ । जसले समग्र पाल्पाको विकासमा सहयोग पुगोस् ।  यसले गर्दा पनि अब तानसेनको समग्र विकासका प्रशस्त सम्भावना छन् ।

 

प्रकृति, संस्कृति, शिक्षा, कला, सभ्यता, रहनसहन र जैविक विविधताले समृद्ध मनोरम पहाडी जिल्लाको सदरमुकाम तानसेनको आर्थिक गतिविधि अगाडि बढाउनका लागि देशी तथा विदेशी लगानीकर्ता आउन चाहेको देखिन्छ । आवश्यकता छ त केन्द्र, प्रदेश  र स्थनीयस्तरबाट सकारात्मक सोच र कार्य गर्ने वातावरणको टड्कारो आवस्यकता छ ।  


अब तानसेनको समग्र विकासका प्रशस्त सम्भावना रहेका छन् । यस्तै जिल्लामा रु. एक अर्ब बढी होटल तथा रेस्टुराँ क्षेत्रमा लगानी भएका छन्, जसले पाल्पालाई पर्यटनको “हब” बनाउन सहजता हुने सहजै अनुमान गर्न सकिन्छ  । 


विगतमा करिब पाँच दसक अगाडिसम्म जनप्रिय होटल र बस स्टपमा केही लोकल होटेल बाहेक स्तरीय होटेलको अभाब रहेकोमा हाल त्यो स्थिति छैन । पाल्पामा ठूला उद्योग र कलकारखानाको विकासका लागि भन्दा पनि पर्यटनकै विकासमा लाग्ने हो भने जिल्लाको विकास हुने देखिन्छ । 


पाल्पामा विविध जातजाति र भेषभूषाले भरिपूर्ण, ऐतिहासिक वीरताको गाथा बोकेको, सिंगो पाल्पा जिल्ला वन, कृषि जन्य, खनिज पैदावारको दृष्टिले पनि उर्वर छ । विभिन्न कोट, गढी, किल्ला, दरबार, तालतलैया, मन्दिर, ऋषिमुनिका तपोकेन्द्र सहितका पुरातात्विक धरोहररू पनि उत्तिकै छन् ।


शिक्षा, स्वास्थ्य र पर्यटनमा नेपालकै नमूना जिल्ला बन्ने लक्ष्य वोकेको मात्र होईन, मुलुकको समग्र विकासमा आफ्नो भूमिका अन्य जिल्लाको भन्दा पृथक र अहम् हुनुपर्छ भन्ने कुरामा समेत प्रतिवद्ध देखिन्छ । यहाँको प्राकृतिक सम्पदामा मात्रै आकर्षण रहेको होइन कि सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षहरुमा पनि त्यत्तिकै आकर्षण रहेको पाइन्छ । (क्रमशः)
 

प्रतिकृया दिनुहोस