• बिहीबार-बैशाख-१३-२०८१

भूकम्प पीडित क्षेत्रमा उद्धार र राहत पु¥याउन मुख्यमन्त्रीको निर्देशन

 

अत्तरिया, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

 

उहाँले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिनुभएको हो । मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उहाँको सचिवालयले जनाएको छ ।

–––
रासस 

प्रतिकृया दिनुहोस