• आइतबार-असोज-२०-२०८१

फरार दुई जना प्रतिवादीहरू पक्राउ

 
बिराटनगर ।  १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरुलाई असोज २४ गते  पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-६ का ४० बर्षीय मनोज भन्ने चुलाई पासवान र बिराटनगर-५ का ३० बर्षीय बिकाश मण्डल रहेका छन ।
 
 
मोरङ जिल्ला अदालतको सजाय निर्धारण फैसला आदेशले पासवान बहु-विवाह मुद्दामा ६ महिना ४ दिन कैद, १० हजार रुपैया जरिवाना र मण्डल बिना प्राविधिक औषधि पसल सञ्चालन मुद्दामा ५ महिना ४ दिन कैद, १० हजार रुपैयाँ जरिवाना बेरुजु रहि फरार रहेका थिए ।
 
 
फरार रहेका उनिहरुलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाएको छ ।
प्रतिकृया दिनुहोस