• बिहीबार-मङ्सिर-२०-२०८१

श्रीमतीको ‘झोला काण्ड’ बचाउन खोज्दा खाेज्दै महाअभियोगसम्म द. कोरियाली राष्ट्रपति

 

सियोल । कसरी श्रीमतीको ह्यान्डब्याग काण्डले राष्ट्रपति युन समस्यामा परिरहेका छन भन्ने बारेमा यतिखेर दक्षिण कोरियामा बहसको बिषय बनेको छ । मार्शल ल लगाउनु भन्दा अगावै राष्ट्रपति युन पहिले नै समस्यामा परेका थिए जब उनकी पत्नी किम केओन हे कोरियन–अमेरिकी पास्टरबाट ह्यान्डब्याग स्वीकार गरेको भिडियो गत वर्ष सार्बजनिक भएको थियो ।

 

पहिलो त सो झोला  उपहार लिदाँ उपहार सबन्धी सरकारी नियम तोडेको आरोप उनकी श्रीमती माथी लागेको थियो । तर, राष्ट्रपति यूनले श्रीमतीको बचाउँ गर्दै दिएको प्रतिक्रियाले उनको सरकारलाई पूर्ण रूपमा संकटमा फसाएको थियो ।


युनले एउटा जासूस क्यामेराले खिचेको भिडियोलाई  चुनावअघि आफ्नो पार्टीलाई चोट पुर्याउने उद्देश्यले गरिएको एउटा स्टन्ट मात्र भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए । तर, उनकी पत्नीले लिएको २२ सय अमेरिकन डलरको सो झोला उपहारको सम्मानमा लिएको भन्दै सो बिषय नउचाल्न अनुरोध गरेका थिए । 

 

तर, उनको पार्टीले गत अप्रिल भएका चुनावमा ठूलो हानि बेहोर्नु परेको थियो । राष्ट्र प्रमुखको पत्नीले लिएको सो उपहार, नियम बिपरित भएको भन्दै थप असन्तुष्टी बढेको थियो । अन्ततः गत महिना युनले आफ्नी पत्नीको तर्फबाट माफी मागेका थिए, जुन घोटाला भएको एक बर्ष भइसकेको थियो ।

 

माफी मागे पनि राष्ट्रपति युनले भने सो घटनाको अनुसन्धानलाई अनुमति दिन अस्वीकार गरे । जसका कारण थप सार्वजनिक आक्रोश त्यसपछि तीव्र मात्रामा बढन थालेको थियो ।

 

सो घटना पछि राष्ट्रपति युनमाथी बिपक्षी दल र जनसतहमा आक्रोश बढ्न सुरू गरेको थियो । कोरियाली सञ्चारमाध्यमहरूले सो झोला काण्डलाइ राष्ट्रपतिले अनुसन्धान गर्न दिएको भए न त ‘मार्शल ल’को अवस्थामा पुग्नु पर्दथ्यो, न त महाअभियोगको नै सामाना गर्नु पर्दथ्यो ।

 

हिजो उनले लगाएको ‘मार्शल ल’ दुइ घन्टामा त्यहाँको संसदमा उपस्थित मध्ये १९०–० मतले खारेज गरिदिए पछि उनले मध्यरातमा आफ्नो निर्णयवाट फिर्ता हुन बाध्य भएका थिए । अहिले उनको राजिनामा माग गर्दै संसदमा रहेका ६ बिपक्षी दलले महाअभियोग दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस