प्रधानमन्त्री ओलीबाट सङ्ग्रहालयको अवलोकन
बेइजिङ (चीन), १९ मङ्सिर : चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गर्नुभयो । चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिनेछ ।
प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फकँदैछ ।
–––

प्रतिकृया दिनुहोस