दशैँमा मानिसहरुलाई विभिन्न सामग्रीहरु किनमेल गर्न पैसाको आवश्यक पर्छ । तर, दशैँमा नै लामोसमयसम्म वित्तीय संस्था बन्द रहन्छन् । आफूले बैंक तथा वित्तीय संस्थामा राखेको रकम समस्या पर्दा निकाल्न नपाउँदा अहिले मानिसहरु वित्तीय संस्थादेखि नै पीडित भएकाे गुनासाे गर्छन् । साथै सहकारी र बैंकलाई २४ घण्टानै खुल्ला राख्नुपर्छ भनेर सरकारले निर्णय नगर्दा जनताहरुलाई आफ्नै पैसा निकाल्न समेत हैरानी भइरहेको गुनासाे सुनिन्छ ।
कतिपय मानिसहरुले त बैंक तथा वित्तीय संस्थामा आफ्नो रकम निकाल्न नपाएपछि उनीहरुले कसैसँग मिटरब्याजमा पैसा लिएर दशैँ मनाइरहेका छन् । दशैँ अघि सहकारीले त बचतकर्ताको पैसा नै दिएन भने बैंकले पनि १ लाखभन्दा बढी पैसा निकाल्न दिएन ।
अहिले बैंक , फाइनान्स र सहकारीको ऋण तिर्न नसकेर कति मानिसहरु त भागिरहेका छन् त कति मानिसहरु आत्महत्या गरिरहेका छन् । १ करोडको धितो रोक्का गरेर ४० लाख दिन्छ त्यसमा पनि ५ लाख सेवाशुल्क र घुस खाने गर्छ तर तीन किस्ता नतिर्ने बित्तिकै १ करोडको सम्पत्ति ४० लाखमै खाइदिन्छ । के यो ठग र लुटको धन्दा होइन र ?
यता दशैँ अगाडि वित्तीय संस्थाबाट निकालेको यतिथोरै रकमले न त मानिसले दशैँ मनाउन नै सके न त घरखर्च नै चलाउन पाए । यसपालिको दशैँमा बैंकले बचतकर्ताको रकम सीमित मात्रै झिक्न दिने र सहकारीले रकम फिर्ता नगरेपछि धेरै मानिसको दशैँ नै दशा हुन पुगेको गुनासाे सुनियाे ।
मानिसहरुले आवश्यक परेको समयमा नै काम गर्छ भनेर वित्तीय संस्थाहरूमा आफ्नो रकम जम्मा गरेका हुन्छन् । तर वित्तीय संस्थाहरुले नै हामीसँग पैसा छैन भन्दै बचत कर्तालाई दुःख, हैरानी पनि दिए र बचतकर्ताको दशैँ पनि खल्लो बनाइदिए ।
वित्तीय संस्थाहरुले बचत कर्ताको पैसा फिर्ता नगरेपछि अहिले आएर मानिसहरुमा एउटा छाप बसेको छ । त्यो हो, सहकारी जस्ता वित्तीय संस्थामा पैसा नराखौँ, किनभन्दा यिनीहरुले हामीलाई नै हामीले चाहेकाे बेलामा हाम्रो बचत पैसा फिर्ता गर्दैनन् ।
सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेपछि धेरै मानिसहरु त आफ्नो गाउँघर दशैँ मनाउन जानबाट नै वञ्चित भए भने कतिपय मानिसहरु तै मिटरब्याजमा ऋण लिएर समेत दशैँ मनाउन आफ्नो गाउँघर गए । पछिल्लो समय धेरै मानिसहरु भन्छन्, सहकारीले पैसा फिर्ता नगरेपछि यसपालि बालबच्चाको लागि नयाँ कपडा पनि हालदिन पाइएन र खसी पनि किन्न पाइएन ।
दशैँ अगाडि त दिनहुँ जसाे १० ओटा सहकारीहरु भाग्ने गरे भने अब दशैँपछि त झन् कति सहकारीहरु दिनहुँ भाग्ने हुन् । अहिले मानिसहरु घरघरबाटै सहकारीमा पैसा नराखौँ भन्छन् । साथै मानिसहरुको सहकारीमाथिकाे विश्वास पनि उठिसकेको छ ।
सहकारीमा पैसा राख्ने कोही छैन त निकाल्नेको भिड छ । नाम चलेका सहकारीहरुले त जनताको बचत रकम फिर्ता गर्न सकेका छैनन् र उनीहरु भाग्ने तयारीमा छन् भने बोर्ड मात्र झुन्ड्याउने सहकारीहरु त पुरै डुबिसकेकाे फनाटक गर्दैछन् ।
पछिल्लो समय सहकारीमा पैसा राख्ने मानिसहरु सहकारीले पैसा फिर्ता नगरेपछि सहकारीवरूद्ध आन्दोलन गरिरहेका छन् र कतिपय चाहिं गआन्दोलन र्ने तयारीमा छन् । त्यस्तै यता अर्बाैं रकम जम्मा भएकाे ठूला भन्ने सहकारीका सञ्चालक वा अध्यक्षहरु कोही त भागिसकेका छन् भने कोही भाग्ने दिन गनेर बसिरहेका छन् । कति सहकारीहरुले दशैँ अगाडि पैसा निकाल्न गएका बचतकर्तालाई दशैँपछि पैसा फिर्ता गर्छु भनेर अल्मल्याएर राखिरहेका छन् ।
तर, यता सहकारीहरुले धितो राखेर कर्जा लगानी गरेको घरजग्गा, गाडी र सेयरको मूल्य आज अधिक घटेर डुब्ने अवस्थामा पुगिसकेको छ । पछिल्लो समय घरजग्गा, गाडी र सेयरको किनबेच नै छैन । दुई वर्षअगाडि आनाको रू. ८० लाखमा किनेको घडेरी अहिले आधा मूल्यमा पनि बिक्री हुँदैन । एक वर्षअगाडि २० लाखमा किनेको गाडी अहिले १० लाखमा बिक्री हुँदैन र एक वर्ष अगाडि ४ हजार कित्तामा किनेको एक कित्ता सेयर अहिले २ सय रुपैँयामा बिक्री हुँदैन ।
अहिले घरजग्गा, गाडी र सेयरको मूल्य कबाडी वा गुन्द्रकको भाउमा आइरहेको छ । साथै यता यातायात कार्यालयमा दिनमा एकदुई ओटा पनि गाडी नामसरी हुँदैन भने मालपोत कार्यालयमा दिनमा एकदुई ओटा पनि घरजग्गा पास हुँदैन । एक वर्षअगाडि एकदिनमा २३ अर्बसम्मको सेयर कारोबार हुने गर्दथ्याे भने अहिले घटेर दिनमा ४८ करोडको सेयर कारोबार हुने गर्छ ।
सेयर, घरजग्गा र गाडीमा लगानी गर्ने मानिसहरुको अहिले भगाभाग चलिरहेको छ भने वित्तीय संस्थाहरू डुब्ने अवस्थामा छ । अहिले बजारमा बैंक, फाइनान्स र सहकारी डुब्ने अवस्थामा वा भाग्ने तयारीमा छ भनेर निकै चर्चा भइरहेको छ । साथै यही कारणले गर्दा पनि पछिल्लो समय वित्तीय संस्थामा पैसा राख्नेको भन्दा निकाल्नेकोे लर्को लागेको हो । यी वित्तीय संस्थाहरुले बढी सेवाशुल्क, ब्याज र घुस खान जनताले बचत गरेका सम्पूर्ण पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे ।
तर यी वस्तुहरुमा मन्दी आएपछि यिनीहरु पनि डुब्ने अवस्थामा पुगेका हुन् ।
सहकारीमा पैसा राख्ने मानिसहरु सहकारी कतिखेर भाग्छ र कसरी भाग्छ भनेर सोच्दा सोच्दा पीडित भइसकेका छन् । अहिले वित्तीय संस्थामा पैसा राख्ने मानिस पनि खोज्नुपर्छ भने निकाल्नेको भिड रहेको छ । तर यता वित्तिय संस्थाका सञ्चालक वा अध्यक्षहरुको सम्पत्ति न त अख्तियारले नै छानबिन गर्छ न त सम्पत्ति शुद्धीकरण विभागले नै । सहकारी संस्था भनेको नै जनता ठग्ने संस्था हो भनेर मानिसले भन्न थालिसकेका छन् । तर, सरकारकाे नियमन छ, न त अनुगमन नै ।
यता सहकारीमा पैसा राख्ने पनि आफ्नो खाता भटाभाट बन्द गरिरहेका छन् भने उता नयाँ खाता खोल्न चाहने मानिसले पनि सहकारीको यो खबर सुनेपछि सहकारीमा खाता खोलेका छैनन् । अहिले सहकारीमा साग बेच्ने व्यापारीदेखि घरजग्गा कारोबार गर्नेसँगको बचत रकम डुब्ने अवस्थामा पुगेको छ । ब्याज खान सहकारी र बैंकमा पैसा राख्ने मानिसको अहिले ब्याजको त कुरै छोड्दिउ, साँवा नै डुब्ने अवस्थामा पुगेको छ ।
सञ्चारकर्मीहरु पनि विज्ञापन पाएपछि बैंक, फाइनान्स र सहकारीको ठगीधन्दाको विरोधमा चुपचाप छन् । अहिले बैंक , फाइनान्स र सहकारीको ऋण तिर्न नसकेर कति मानिसहरु त भागिरहेका छन् त कति मानिसहरु आत्महत्या गरिरहेका छन् । १ करोडको धितो रोक्का गरेर ४० लाख दिन्छ त्यसमा पनि ५ लाख सेवाशुल्क र घुस खाने गर्छ तर तीन किस्ता नतिर्ने बित्तिकै १ करोडको सम्पत्ति ४० लाखमै खाइदिन्छ । के यो ठग र लुटको धन्दा होइन र ?
प्रतिकृया दिनुहोस