• शुक्रबार-फाल्गुण-९-२०८१

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? (मूल्य सूचीसहित)


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ८९ पैसा र बिक्रीदर ९८ रुपियाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९१ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।


जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्री दर ३१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

 

प्रतिकृया दिनुहोस