• शुक्रबार-फाल्गुण-९-२०८१

भक्तपुरमा नक्कली सुन देखाएर ठगी गर्ने दुई जना प्रहरीको हिरासतमा

 

काठमाडौं । एक महिनायता भक्तपुर जिल्लामा नक्कली सुन देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई हाल भक्तपुर ठिमी बोडे डेरा गरी बस्ने ६२ वर्षीय धनजित तामाङ र बाह्रबिसे नगरपालिका-४ घर भई बोडे नै बस्ने ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन् ।

 

दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट एक किलो नक्कली सुन बरामद भएको आचार्यले बताए । 

 

‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के-कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ ।’

 

धनजित यसअघि ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसरबाट पक्राउ परेका व्यक्ति हुन् । उनीहरू दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस