• शुक्रबार-फाल्गुण-९-२०८१

इटहरी गोल्डकप फुटबल : धरान फुटबल क्लबल सेमिफाइनलमा


इटहरी । इटहरीमा जारी १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले सेमिफाइनल यात्रा सुरक्षित गरेको छ ।


इटहरी रंगशालामा मङ्गलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा धरानले चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । धरानका दोर्जे तामाङले खेलको ४७औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि दोस्रो हाफको ५७औं मिनेटमा विवेक राईले गोल गर्दै टिमको जीत सुनिश्चित गरे । 


चर्च ब्वाइजका कप्तान अनन्त तामाङले ८४औं मिनेटमा सान्त्वना गोल गरे । खेलको म्यान अफ दि म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच हुनेछ ।


प्रतिवगिताको विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस