• मंगलबार-पौष-२३-२०८१

आजका तस्बिरहरु (फोटो समाचार )

 

 

 

 

नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएका छ । साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन् । तस्वीर : नारायण न्यौपाने, रासस

 

 

नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र कालिका बस्ती इलाकामा स्थानीय खोलामा आएको बाढीको कारण डुवान क्षेत्रमा उद्वार गरिएका छ । साथै, कालिका बस्ती इलाकामा पहिरोमा परि पाँच जना हराइरहेका व्यक्तिहरुको खोज तथा उद्वार कार्यमा पनि नेपाली सेनाको टोली परिचालित भएका छन् । तस्वीर ः नारायण न्यौपाने, रासस

 

 

शुक्रबारदेखि परेको अविरल बर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ को सिमाना माम्ती खोलामा आएको बाढीले सडक अबरुद्ध भएपछि राजमार्गमा अलपत्र अवस्थामा यात्रुहरु । शनिबार दिउँसोदेखि भने सडक एकतर्फी सुचारु भएको छ । तस्वीर : पेमा लामा, रासस

 

 

भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेको सिमाना साँगाचोकसम्मको सडकमा जडान गरिएको ६४ वटा सिसि क्यामराको उद्घाटन गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरिक्षक हरिबहादुर पाललगायत । तस्वीर : रमेश गिरी, रासस

 

 

पोखरा महानगरपालिका वडा नं ६ फेवातालको तालबराही मन्दिर जाने बाटोमा बाँसको झाङ्गमा उड्दै गरेक बकुला । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

 

 

बारेकोट गाउँपालिका–८ सेपुखोलाको बस्ती । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा यो बस्ती डुवानमा पर्ने छ । तस्वीर : हेमन्त केसी, रासस

 

 

कोरोना भाइरस न्युनिकरण गर्न सरकारले जारी गरेको निषेधाज्ञा खुलेपनि पोखराको पर्यटकीयस्थल फेवातालमा अवस्थित तालबाराही मन्दिर सुनसान रहेको छ । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

 

 

प्रतिकृया दिनुहोस