• शनिबार-बैशाख-१५-२०८१

यस वर्षको कविता महोत्सव मङ्सिर २९ मा

 

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ ।


 प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का  कारण स्थगन गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए । 


प्रतिष्ठानले ०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं ०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।  



प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस