• शुक्रबार-बैशाख-१४-२०८१

इजरायल र यूएईबीच शान्ति सम्झौता 

इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा दुई देशबीच शान्ति सम्झौता भएको हो । 

सम्झौतामा अमेरिकी राष्ट्रपति ट्रम्प, इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहु र युएईका मोहम्मद अल नाहानले हस्ताक्षर गरेका छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यसलाई ऐतिहासिक सफलता भनेका छन् । मध्यपूर्वमा यसले शान्ति ल्याउने विश्वास पनि उनीहरूले व्यक्त गरेका छन् । 

सम्झौताअनुसार इजरायलले वेष्ट बैंकको ठूलो हिस्सालाई मिलाउने आफ्नो योजना स्थगित गर्ने छ ।

हालसम्म इजरायलको खाडीका अरब देशहरुसँग कुनै पनि कूटनीतिक सम्बन्ध थिए । यद्यपि खाडी देशबाट अलग अरबका दुई देश जोर्डन र मिस्रसँग भने इजरालयको कूटनीतिक सम्बन्ध छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र युएईबीच शान्ति सम्झौता भएको जानकारी ट्वीट गरेका छन् र त्यसमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले हिब्रु भाषामा ट्वीट गरेर ‘ऐतिहासिक दिन’ भनेका छन् ।

प्रतिकृया दिनुहोस