• शुक्रबार-बैशाख-१४-२०८१

आमाछोरीको कृति तथा गीति भिडिओ सार्वजनिक

 


काठमाडौं । सर्जक उषा थपलिया र उनकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तकको कात्तिक ३० गते  संयुक्त विमोचन गरिएको छ। 


प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल लगायतका स्रष्टाहरुले आमाछोरीको पुस्तक 'नारी ! तिमी हारेकी छैनाै' र 'नवपल्लव' संयुक्त रुपमा लोकार्पण गरेका छन् । सोही कार्यक्रममा उनीहरूकै संयुक्त गायनकाे ‘तिमी पाएरै’ गीतकाे गीति  भिडियाे पनि लोकार्पण गरिएकाे थियाे ।


प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको यसअघि प्रकाशित लेखहरुको सँगालो ‘नारी ! तिमी हारेकी छैनौं’ र छोरी संविदाको सृजना ‘नवपल्लव’ नामक पुस्तकमार्फत सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास जनाए।  


‘साहित्यले समाजमा रहेका विकृतिको आवाज उठाउनुपर्दछ, समाजमा तरंग ल्याउनुपर्दछ जुन यी पुस्तकहरुबाट  अवश्य पाइनेछ’, नेपालले भने।  


कार्यक्रमका स्रष्टाहरु डा. गोविन्द भट्टराई, डा. शैलेन्दुप्रकास नेपाल, ज्ञानु अधिकारी, लक्ष्मी उप्रेती, डा. गीता त्रिपाठी, यशाेधरा पन्त लगायतका स्रष्टाहरुले पुस्तकको समीक्षा गर्दै थपलियाले आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतिलाई पुस्तकमा समेटेको बताएका छन् । 


प्रौढका लागि उपयोगी सिर्जनाहरुमार्फत सानै उमेरमा संविदाले आफ्नो लेखन क्षमतालाई सिर्जनात्मक ढ्रगले प्रस्तुत गरेकोले वक्ताहरुले प्रशंसा गरे।  
दुवै पुस्तक ओरियन्टल पब्लिकेशनले बजारमा ल्याएको हो।

प्रतिकृया दिनुहोस