• शुक्रबार-बैशाख-१४-२०८१

राष्ट्रिय वाणिज्य बैंकले संचालन गर्यो, सुदूर पश्चिम प्रादेशिक कार्यालय 


काठमाडौं, २५ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले  "समृद्ध नेपाल सुखी नेपालीको" नारा सार्थक पार्ने उद्देस्यले सुदूर पश्चिम प्रादेशिक कार्यालय धनगढी, कैलाली संचालन गरेको छ ।

सुदूर पश्चिम प्रदेशका माननीय मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका  बीच  कार्तिक २५ गते प्रादेशिक कार्यालयको समुदघाट्न गरे ।


मन्त्री भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउंदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए । 


कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गरे । बैकको सुदूर पश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनीधि, समाजसेवी, प्रहरी, कर्मचारीहरुको उपस्थितिमा  ५ नम्बर प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक आन्नद सुवेदीले स्वागत मन्तब्य तथा ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।


बैंकले गत आ.व. २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

प्रतिकृया दिनुहोस