• शुक्रबार-चैत-१६-२०८०

रंग विरंग : स्ट्राबेरी घाँटीमा अड्किएपछि...

 

 

अस्ट्रेलियाका एक परिवारका सदस्यको जन्मदिनकै दिन घाँटीमा स्ट्रवेरी अड्किएपछि निकै सास्ती खेप्नुपरेको खबर छ ।  घाँटीमा स्ट्रवेरी अड्किएकी एकजना महिलालाई त्यसपछि तत्काल अस्पताल भर्ना गुर्नपरेको थियो । चिकित्सकहरूले उनको घाँटी जाँच गरेपछि चकित परेका थिए । ती महिलाले खाएको स्ट्रबेरीमा एउटा सुई अड्किएको भेटिएको थियो ।

 

त्यस स्ट्रबेरीलाई खाँदा उनको घाँटीमा सुई अड्किन पुगेको निष्कर्ष चिकित्सिकहरूले निकालेका थिए । सुई अड्किएकी महिलाको एक्स–रे पश्चातमात्र त्यो सुई घाँटीमा अड्किएको देखिएको थियो । प्रहरीले स्ट्रबेरी खाँदा कसरी सुई अड्कियो भनेर जाँच गरिरहेको खबर समाचार एजेन्सीहरूले दिएका छन् । योभन्दा पहिले पनि अस्ट्रेलियामा स्ट्रबेरी खाँदा मानिसहरू सुई भेटिएको १०० भन्दाबढी घटना बाहिर आइसकेका छन् । 

प्रतिकृया दिनुहोस