• बिहीबार-चैत-१५-२०८०

अमेरिकामा शरणार्थीहरूको सङ्ख्यामा कटौती


१० असोज : संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ । 

 

हालको तुलनामा उक्त सङ्ख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो । 

 

अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ ।

 

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो सङ्ख्या सबैभन्दा कम हो । यसै वर्षको सङ्ख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो सङ्ख्या ८५ हजार रहेको थियो । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका  थिए । उनको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो । 


आजको. दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्राष्ट्रिय उद्धार कमितिका सिइओ डेभिद मिलिबान्दले बताएक  छन्  । 

 

सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको सङ्ख्यामा भारी कटौती गरेर २७ हजार पु¥याइएको थियो ।

  

शरणार्थीको यस सङ्ख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ । 


त्यसैगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ । (रासस/एएफपी)
 

प्रतिकृया दिनुहोस