हामी नेपाली सेनाको नेतृत्व र रक्षा मन्त्रालयबाट पीडित भएकाले हाम्रा केही गुनासाहरु प्रकाशनमा लागि पठाएका छौं । कृपया स्थान दिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं ।
प्रधानसेनापतिज्यू भर्खरै मन्त्रिमण्डल तथा क्याबिनेटबाट पास भएर आएको सैनिक नियमावली २०७५ लाई आधार मानेर २०७५ चैत २२ गते रथी शरद गिरिको अध्यक्षतामा तथा नियमावली अनुसार कमीकमजोरी देखिएको हुँदा पदोन्नति बोर्डले उठाएको पदोन्नतिमा ध्यान आकर्षण गराउन खोजेका छौं ।
‘क’ सैनिक मूलनियमावली २०६९ को दफा ३६ को संशोधन उपनियम– १ को खण्ड ‘झ’ र ञ’ मा आर्थिक अनिमियतता, भ्रष्टाचार, बहुविबाह र यौनजन्य अपराध गरेकालाई प्रमोशन बोर्ड मै समावेश नगर्ने भनिएको छ । तर, ३ वर्ष अघि गणपति हुँदा आर्थिक हिनामिना गरेको अभियोगमा नसियत पाएको सुभाष थापा र १ हप्ता अगाडि मात्रै क्याभालारिको गणपति हरि चौहनलाई मट्टीतेलबाट खान नपकाएर डाउराबाट खान पकाएर पैसा हिनामिना गरेको अभियोगमा कोर्ट अफ इन्क्वायरी गरेर नसियत समेत दिएकोमा प्रोमोशन भएका छन् । के सुभाष थापा भएकै कारण यो नियम नलागेको हो प्रधानसेनापतिज्यू ? जसले गणपति हुँदा ५०५ जवान आउट छाडेर आर्थिक हिनामिना गरेको प्रमाण सबै नेपाली सेनालाई थाहा छ ?
‘ख’ यही नियमको उपनियम ‘छ’ मा सैनिक सेवाको महासेनानी दर्जामा बढुवा गर्न २ समूह विभाजन गरी एउटा ८० प्रतिशत कमाण्ड तथा स्ट।फ तालिम गरेको अधिकृत र २० प्रतिशत गणपति तालिम गरेको अधिकृत भनि छुट्ट्याएको छ र ८० प्रतिशतबाट १० प्रतिशत योग्यताको आधारमा पदोन्नति र ७० प्रतिशत जेष्ठताको आधारमा भनिएको छ ।
साथै कमाण्ड तथा स्टाफ तालिम गरेको र गणपति तालिम गरेको प्र.से.हरू एउतै वा एकै मितिमा प्रोमोशन भए महासेनानीका लागि एउटै बढुवा मितिमा समावेश हुन् सक्ने तर कमाण्ड तथा स्टाफ कलेज तालिम गरेका प्र. से.हरुलाई उछिन्ने अवस्था आएमा गणपति तालिम गरेको प्राप्त कोटा स्वतः कमाण्ड तथा स्टाफ तालिम गरेको तर्फ थपिने छ भनेको छ तर कमाण्ड तथा स्टाफ तालिम गरेको भन्दा २–३ वर्ष पछाडि पदोन्नति भएका प्र.से.हरू पाँच जनालाई पदोन्नति दिएर कमाण्ड तथा स्टाफ तालिम गरेकाहरुलाई विदाई गरेको छ जुन पदोन्नति हुनेहरू प्राय सबै जना अधिकृत एक पटक सैनिक कारबाहीमा परेका छन् ।
यो नियमावलीको ब्यवस्था अनुसार महासेनानीहरुको बढुवा ठीक छ प्रधान सेनापतिज्यू ? हामी जस्ता कमाण्ड तथा स्टाफ तालिम गरेको र मास्टर डिग्री गरेको र गणपति हु“दा नेपाली सेनाले दिएको जिम्मेवारी सफलतापूर्वक राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरेको हरेक प्रतियोगिताहरुमा आफ्नो गणलाई प्रथम बनाउन सफल भएका हामीहरुलाई किन पछाडि परियो सैनिक नियम मिचेर ?
‘ग’ यसै नियमावलीको उपनियम ४ मा छुट्ट्याएको प्रतिशतको १० प्रतिशत योग्यताको आधारमा पदोन्नति गर्ने भनिएको छ । तर, कमाण्ड तथा स्टाफ तालिमबाट २३ जना पदोन्नति गरेकोमा जसको १० प्रतिशत हुन आउने २.३ हो यो भनेको २ जना मात्र योग्यताको आधारमा पदोन्नति उठाउने हो । तर, किन ३ जना उठायो ? के प्रधान सेनापति कार्यालयको प्र.से रामचन्द्र थापालाई ९ बेसिक सिनिएर कमाण्ड तथा स्टाफ तालिम गरेको अधिकृतलाई सुपरसिट गराउन हो र निज थापा प्रधान सेनापतिको भतिज तथा कुल पनि एउटै पनि हो ।
संगै घर तनहु“ जिल्लाको यदि २.५ भन्दा मथि १० प्रतिशत आएको भएपनि चित्त बुझाउनु हुन्थ्यो कि कसो प्रधान सेनापतिज्यू ? अति योग्यमा के नारायण थापा र रामचन्द्र थापा मात्र छन् अरु छैनन् ? अरु पनि विदेश स्टाफ कलेज गरेका सबै कोर्र्षमा अल्फा ल्याएका पनि छन् नि किन ? सोर्सफोर्स नभएका प्रोफेसनल अधिकृत हाम्रा मित्र शिवराम पन्त तिनीहरुभन्दा धेरै अगाडि छन् निजले नि नसियत मात्र पाएको हो, सुभाष थापा नसियत पाउने प्रोमोशन हुने शिब राम किन नहुने ?
‘घ’ यसरी योग्यताको क्रममा पदोन्नति हुनेहरूको जम्मा टोटल नम्बर ७०–७१ आएको छ भने तेस्रो पटक पदोन्नतिमा पर्नेहरुको नम्बर ७६–७८ सम्म छ तर पनि ७० नम्बर ल्याउने तिनीहरुलाई नै किन ? ९ वर्ष अगाडि जागिर खाने कमाण्ड तथा स्टाफ तालिम गरेका अधिकृतलाई पछाडि पारेर पदोन्नति दिनुपर्ने प्रधान सेनापतिज्यू, यो नियम संसारको कुन आर्मीमा छ र याद होस् गत वर्ष पनि योग्यताको आधारमा माधव थापा, महेश थापा, सानुकाजी थापा, रंजित थापा, र धनबहादुर थापालाई अगाडि पदोन्नति दिइएको थियो !
‘ङ’ अन्तमा माननीय रक्षा मन्त्री ईश्वर पोखरेलज्यू र प्रधानसेनापति पूर्णचन्द्र थापाज्यू १० प्रतिशत योग्यताको आधारमा बा“की जेष्ठताको आधारमा पदोन्नति गर्ने भनेर प्रवचन दिनु भएको थियो । अहिले सबै २–९ वर्ष पछाडि जागिर खानेले पदोन्नति पाएका छन् जो नातागोता, भेगी र संगै काम गरेका अधिकृतहरू भने हामी कमाण्ड तथा स्टाफ कलेज तालिम र त्रिभुवन युनिभर्सिटीबाट मास्टर डिग्री गरे पनि ९ वर्ष अगाडि जागिर खाने सिनिएर अधिकृतहरु अन्यायमा परेर घर जान बाध्य भएका छौं । अब हाम्रो भविष्य र विकल्प भनेको के विप्लवको पार्टी मात्र हो त ?
–नेपाली सेनाका अधिकृतहरु
प्रतिकृया दिनुहोस