काठमाडौँ, वैशाख ४ गते । नेपाल प्रहरीको इतिहासमा नेतृत्वद्वारा लिइएको निर्णायक, छरितो र न्यायसम्मत निर्णयले प्रहरी संगठनभित्र मात्र नभई समग्र सुरक्षा प्रशासनमा एक सकारात्मक सन्देश प्रवाहित भएको छ। २०८१ चैत ५ गते नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले संगठनको नेतृत्व सम्हालेको एक नपुग्दै देखाएको कार्यकुशलता, साहसिकता र पारदर्शी निर्णयले विगतका नेतृत्वमा देखिएको अलमल र निर्णयहीनताको पर्दाफास गरेको छ।
प्रहरी संगठन(फाेर्स) जसरी नेतृत्वद्वारा निर्देशित हुन्छ, त्यहीअनुसारको अनुशासन, कार्यसम्पादन र विश्वास निर्माण हुन्छ। फाेर्सका कमाण्डर दीपक थापाको नेतृत्वमा नेपाल प्रहरीले देखाएको यो तुरुन्त निर्णय क्षमता, योग्यताको कदर, र निष्पक्षताको अभ्यासले संगठनभित्र मात्रै होइन, आम जनमानसमा पनि प्रहरी प्रशासनप्रति आशा पलाएको छ।
२०८१ सालदेखि नै बढुवाका पर्खाइमा रहेका वरिष्ठ प्रहरी नायब निरीक्षकहरू (एसएसआई)लाई अन्ततः २०८२ वैशाख ३ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस गरिनु संगठनभित्र छिटाे न्यायको अनुभूति मात्र होइन, नेतृत्व परिवर्तनपछि सम्भव हुने सुधारको उज्यालो संकेत पनि हो ।
दुई दिन मै निर्णायक सिफारिस
अद्भूत संयोग कि संयोग जस्तै देखिने तर गहिरो नेतृत्व दृष्टिकोणसहित गरिएको अर्को निर्णय पनि त्यही दिन सार्वजनिक भयो। त्यसै दिन (२०८२ वैशाख ३ गते), प्रहरी महानिरीक्षक थापाले डीआइजीपी (DIGP) हरूमध्येबाट ६ जना वरिष्ठ अधिकृतहरूलाई एआइजीपी (AIGP) पदमा बढुवाका लागि सिफारिस गर्दै सरकारसमक्ष निर्णय अघि सारे।
यो दुबै निर्णयले प्रहरी संगठनभित्र कार्यरत हजारौं अधिकारी तथा कर्मचारीहरूलाई 'तिमी हाम्रो मान्छे होइनौ, तर राम्राे मान्छे भयाैं भने बढुवा हुन्छ' भन्ने न्यायपूर्ण संकेत दिएको छ। खासगरी वरिष्ठता, योग्यता र कार्यकुशलताको सम्मान गर्दै गरिएको यो निर्णयप्रति संगठनभित्र मात्र होइन, प्रहरीसँग सम्बन्धित बृहत् क्षेत्रबाट पनि सकारात्मक प्रतिक्रिया आएको पाइन्छ।
निवर्तमान नेतृत्वको तुलनामा स्पष्ट भिन्नता
यसअघि नेतृत्व सम्हालेका निवर्तमान आईजीपी बसन्त बहादुर कुँवरका पालामा लामो समयसम्म बढुवाको निर्णय लम्बिँदै आएको थियो । बढुवा जामका कारण संगठनभित्र असन्तोष बढ्दो अवस्थामा थियो । ७५ जना एसएसआईहरू प्रहरी निरीक्षक बन्ने कुराले समयमै न्याय नपाएको महसुस भइरहेका बेला नयाँ नेतृत्वले सोही कार्यलाई प्राथमिकतामा राख्दै तत्कालै निर्णय गर्नु एउटा दृढ, सक्षम र दूरदर्शी नेतृत्वको चिनारी दिएकाे पाइएकाे छ ।
निष्कर्षमा-नेतृत्वको क्षमताले संगठनको गति बदल्न सक्छ
प्रहरी संगठन(फाेर्स) जसरी नेतृत्वद्वारा निर्देशित हुन्छ, त्यहीअनुसारको अनुशासन, कार्यसम्पादन र विश्वास निर्माण हुन्छ। फाेर्सका कमाण्डर दीपक थापाको नेतृत्वमा नेपाल प्रहरीले देखाएको यो तुरुन्त निर्णय क्षमता, योग्यताको कदर, र निष्पक्षताको अभ्यासले संगठनभित्र मात्रै होइन, आम जनमानसमा पनि प्रहरी प्रशासनप्रति आशा पलाएको छ।
अबको अपेक्षा-यस्तै निर्णयशैली, पारदर्शिता र निष्पक्षताले प्रहरी संगठन अझ बलियो, विश्वासिलो र सेवा–मुखी बन्दै जाओस् ।
प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएका ७५ जना एसएसआईहरूकाे विवरणकाे लिंक
प्रतिकृया दिनुहोस