काठमाडौंमा प्रदर्शनका क्रममा जनधनको क्षति, उच्च तहका सुरक्षा निकाय र सरकारकाे संयुक्त अपिल : शान्ति र संवादमार्फत समाधान खोजौं
काठमाडौं, भाद्र २४ – काठमाडौंसहित देशका विभिन्न भागमा भइरहेका प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सरकार र उच्च सुरक्षा निकायका शीर्ष अधिकारीहरूले आज संयुक्त अपिल जारी गरेका छन्।
अपिलमार्फत प्रदर्शनका क्रममा ज्यान गुमाउने व्यक्तिहरूप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति संवेदना प्रकट गरिएको छ।
अपिलमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकार भइसकेको हुँदा यस विपत् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं।”
साथै, राजनीतिक संवादमार्फत समस्याको छिटो र शान्तिपूर्ण समाधान खोज्न पनि सम्बद्ध पक्षलाई अपिल गरिएको छ।
यस अपिलमा हस्ताक्षर गर्नेहरूमा प्रमुख सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहमन्त्री सचिव गोकरणमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खड्का, तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापा रहेका छन्।
प्रतिकृया दिनुहोस