• बुधबार-भदौ-२५-२०८२

पत्रकारहरुलाई निर्भयतापूर्वक काम गर्ने वातावरण बनाउन आह्वान

 

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापूर्वक काम गर्ने वातावरण निर्माणका लागि आह्वान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।

 

महासंघले सवै पक्षलाई प्रेस तथा अभिव्यक्तिm स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दै देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वार्तामार्फत सम्बन्धित पक्षसँग अपिल गरेको छ । 

 

अपिल

‘युवा पुस्ता जेन्जीको आन्दोलन र त्यसमा सरकारले गरेको क्रूर दमनको परिस्थितिमा पनि रिपोर्टिङ गरिरहेका पत्रकारमाथि भएको गोली प्रहार, कुटपिट र अभद्र व्यवहारले पत्रकारहरुको सुरक्षामै प्रश्न उठेकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ ।  


पछिल्लो आन्दोलनका क्रममा कार्यस्थलमा पत्रकारहरुले गम्भीर र चुनौती भोगेका छन् । हिजो ४ जना पत्रकार गोली लागेर घाइते भएका छन् भने आज कान्तिपुर मिडिया ग्रुपको कार्यालयमा आगजनी भएको छ । त्यसैगरी बुटवलमा रहेको रेडियो जागरमा तोडफोड गरिएको छ । 


जेनजीको २०८२ भदौ २३ गते सोमबारको आन्दोलनमा सरकारले चरम बल प्रयोग गरेपछि भड्किएको आन्दलोलन आज मंगलबार पनि जारी रहेको छ । आन्दोलनकारीले संघीय संसद भवन, सिंहदरबार, सार्वजनिक सम्पत्ति, राजनीतिक दल तथा नेतको घरमा समेत आगजनी गरेका छन् । 


महासंघ आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निमार्णका लागि आव्हान गर्दछ । हामी सबै पक्षलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न अनुरोध गर्दछौं र देशै भरिका पत्रकारहरुलाई सुरक्षित र संयमित भएर व्यवसायिक कर्ममा संलग्न हुन आग्रह गर्दै शान्तिपूर्ण वर्ता मार्फत सम्बन्धित पक्षसँग अपिल गर्दछौ ।’
 

 

प्रतिकृया दिनुहोस