काठमाडौं । जेन–जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा गोली समेत चलाईयो जसको कारण आन्दोलन चर्किएको थियो । सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय तीनकुने पुगेर तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीहरु प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटतर्फ लागिरहेको क्रममा प्रहरीले फर्काएको थियो । आन्दोलनका क्रममा पछिल्लो जानकारी अनुसार गोली लागेर १४ जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ । एक सय भन्दा बढि घाइते छन् ।
प्रतिकृया दिनुहोस