• सोमबार-भदौ-२३-२०८२

जेन–जी प्रदर्शन : मृ त्यु हुनेको संख्या १९ पुग्यो, ६ जनाको शल्यक्रिया गर्नुपर्ने

दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते

काठमाडौं । काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको खबर छ । बानेश्वरमा भएको आन्दोनमापरी १९ जना प्रदर्शनकारीको मृत्यु भएको र ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।


उनको अनुसार दुई सय ५६ जना घाइते भएका छन् भने २२ जना गम्भीर छन् । 


उनले भने,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् । ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ ।’


सिभिल सर्भिस अस्पतालमा एक सय जना घाईते तीन जनाको मृत्यु ,१५ जनालाई वीर अस्पताल र ट्रमा सेन्टरमा पठाइएको छ । 


राष्ट्रिय ट्रमा सेन्टरमा ४९ घाइतेको उपचार भइरहेको छ भने आठ जनाको मृत्यु भएको छ । एभरेष्ट अस्पतालमा ३४ जना घाईते छन् । तीन जनाको मृत्यु भएको । 


काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३२ जना घाइते छन् भने दुई जनाको मृत्यु भएको छ । ६ जनाको शल्यक्रिया गर्नुपर्ने छ । 


टिचिङ शिक्षण अस्पताल मा १८ घाइत छन् भने एक जनाको मृत्यु भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना घाईते भएका छन् । 

त्यस्तै ,गण्डकी मेडिकल कलेजमा एक जना घाईते र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना घाईते ,दमक अस्पतालमा सात जना घाइतेको उपचार भइरहेको जानकारी प्राप्त भएको छ । 


 

प्रतिकृया दिनुहोस