• मंगलबार-भदौ-२४-२०८२

वर्तमान सरकारको औचित्य सकियो, आ न्दोलनको साथमा छु  : डा.शेखर कोइराला

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पूरै समाप्त भएको बताएका छन् । 

 

समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि जानकारी दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुःख व्यक्त गरेका हुन् । 


‘सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ,’ कोइरालाले भनेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मलहम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।’ 

 

त्यस्तै उनले आजको दिनदेखि यो सरकारको औचित्य पूरै समाप्त भएको समेत बताएका छन् । ‘आजबाट वर्तमान सरकारको औचित्य पूरै समाप्त भएको छ ।’ कोइरालाको भनाइ छ ।
 

 

प्रतिकृया दिनुहोस