• मंगलबार-भदौ-३-२०८२

हाइकिङको ६१औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

 

गण्डकी, २ भदौ : हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्कलगायत गन्तव्य समेटिएका छन् ।

 

विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो । 

 

यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट सामुदायिक होमस्टे, धिताल होमस्टे हुँदै अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्कालगायत स्थानको प्रवर्द्धनात्मक हाइकिङ गरिएको उहाँले बताउनुभयो ।

 

एक दिवसीय पदयात्राका साथै मर्दी हिमालको पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्यजस्तै बनेको छ । पछिल्लो समय पदयात्राका लागि यस क्षेत्रमा आउने पर्यटकको आकर्षण दिनानुदिन बढिरहेको धिताल होमस्टेका सञ्चालक विशाल पौडेलले बताउनुभयो ।

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिनुभयो । 

 

समुन्द्री सतहबाट एक हजार ५०० पचास मिटरको उचाइमा रहेको पार्क प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिन्छ । 

 

पार्कमा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा सजाएर राखिएका छन् ।
---

 

प्रतिकृया दिनुहोस