• मंगलबार-असार-३-२०८२

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् ।

 

`मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर "मानव तस्करी" को बिरोध गरेका छन।´

प्रतिकृया दिनुहोस