• मंगलबार-असार-३-२०८२

सिटिजन्स बैंक र टिका रिसोर्टबीच समझदारी: ग्राहकलाई २० प्रतिशत छुट


काठमाडाैं, असार ३ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा लेकसाइडस्थित टिका रिसोर्टबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले टिका रिसोर्टमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

 

बैंकले उक्त सहकार्यबाट ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गराउने उद्देश्य राखेको जनाएको छ ।

 

डिजिटल माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्न सिटिजन्सले समय–समयमा यस्ता ग्राहकमुखी अफर तथा छुटहरु सञ्चालन गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध गराइएको छ ।

 

हालै मात्र विश्वप्रसिद्ध अवार्ड ‘बैंक अफ द इयर २०२४’ जित्न सफल सिटिजन्स बैंकले डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ । बैंकले केही समयअघि फोनपेसँग सहकार्य गर्दै नेपालमै पहिलोपटक भर्चुअल क्रेडिट कार्ड (Citizens FonePay Credit Card) सार्वजनिक गरेको थियो ।

 

मोबाइल बैंकिङ एपमार्फतै शेयर आवेदन तथा ऋणको किस्ता भुक्तानी (Loan Installment Number Service) र क्रस बैंक टेलर सेवा (अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंक शाखाबाट क्यूआर स्क्यानमार्फत नगद झिक्न सक्ने सुविधा) समेत उपलब्ध गराएको छ ।

 

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ 

प्रतिकृया दिनुहोस