• शुक्रबार-जेठ-२-२०८२

सगरमाथा संवाद सुरू (फोटो फिचर)

 

काठमाडौँ, २ जेठ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गर्नुभएको छ । 

 

समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभएको थियो । 

 

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । 

 

फोटो फिचर ः

 

प्रतिकृया दिनुहोस