• शुक्रबार-जेठ-२-२०८२

राप्रपा भातृ संस्थाका अध्यक्ष केसी पक्राउ

 

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।


सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् ।

 

केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । यस बारेमा बिस्तृत जानकारी आउन बाँकी रहेको छ ।
 

प्रतिकृया दिनुहोस