हैदारबाद, २ जेठ । तेलुगु सुपरस्टार जुनियर एनटीआर भारतीय सिनेमाका पिता दादासाहेब फाल्केको ‘मेड इन इण्डिया’ नामक चलचित्रमा आबद्द भएको भोलीपल्ट अर्को खबर आएको छ ।
सो खबर बाहिरिएको एक दिनपछि अब बलिउडका सुपरस्टार आमिर खान र निर्देशक राजकुमार हिरानी दादासाहेब फाल्केको बायोपिकमा पुनः एकपटक सँगै हुने भएका छन ।
यसअघि थ्रि इडियट्स र पिकेमा सँगै काम गरेका आमिर खान र हिरानी तेस्रो सहकार्यका तयार भएका छन । यो ‘सितारे जमीं पर’ पछिको यो आमिर खानको अर्को प्रोजेक्ट हुनेछ, जुन फिल्म २० जुनमा रिलिज हुदैँछ ।
दादा साहेब फाल्केको जीवनीमा आधारित फिल्मको सुटिङ अक्टोबर २०२५ मा सुरु हुने बताइएको छ । आमिरले ‘सितारे जंमी पर’ रिलिज भएपछि यसको तयारी सुरु गर्नेछन् ।
भारतको स्वतन्त्रता संग्रामको पृष्ठभूमिमा आधारित यो फिल्मले भारतीय सिनेमाको जग बसाल्ने व्यक्तिको असाधारण यात्रालाई चित्रण गर्ने जनाइएको छ ।
खासमा यो फिल्मका लागि बिगत ४ वर्षदेखि स्क्रिप्टको काम भइरहेको थियो र अहिले यसको स्क्रिप्टको काम सकिएको छ । र त यो अब छिट्टै प्रि प्रोडेक्सन र सुटिङमा जाने तयारी अवस्थामा रहेको छ । यो परियोजनामा लस एन्जलसको एक भिएफएक्स स्टुडियो पनि सहभागी हुनेछ ।
प्रतिकृया दिनुहोस