काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
अधिवक्ता तथा पूर्व पत्रकार अनन्त लुइँटेलले २०८२ वैशाख १४ गते आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा २०८२ वैशाख १६ गते मंगलबारको पेसी तोकिदिएको छ ।
प्रतिनिधिसभा संसदसमेत रहेका कांग्रेस महामन्त्री थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको गम्भीर आरोप लगाएका थिए ।
२०८२ वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैली माथि प्रश्न उठाएका थिए ।
‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई-तीन वर्षदेखि तँलाई हान्दिऊँ हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छन्, कहिले भोलि हेर्ने भन्छन् । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ,” उनले २०८२ बैशाख ११ गते दिएको अभिब्यक्तिलाइ लिएर अधिवक्ता लुइँटेलले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।
प्रतिकृया दिनुहोस