• सोमबार-बैशाख-१५-२०८२

क्यानडामा भिड माथी कार कुदाइयो, हालसम्म ८ जनाको मृत्यु

 

टोरोन्टो । शनिबार राति भ्यानकुभरमा एक सांस्कृतिक कार्यक्रमको क्रममा ठूलो दुर्घटना भएको छ । तीव्र गतिमा रहेको कार भीडमा ठोक्काएकोले धेरैको ज्यान गएको र धेरै घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यो घटना इस्ट ४१ औं एभिन्यू र फ्रेजर स्ट्रिट नजिक राती ८ बजे भएको थियो । ‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेको थियो, जसमा हजारौं मानिसको सहभागिता थियो ।

 

प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यस दुर्घटनामा एक बालक सहित कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

 

६ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले घटनास्थलबाट ३० वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेको छ ।

 

उनले नियतवश यस्तो गरेको हो वा अरु कारण थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गरिरहेको छ । भ्यानकुभरका मेयर केन सिम र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।


यो घटनाले फिलिपिनो समुदाय र भ्यानकुभर सहरको लागि गहिरो आघात हो ।
 

प्रतिकृया दिनुहोस