• शुक्रबार-बैशाख-१२-२०८२

संसदको छैटौं अधिवेसन आजबाट सुरू, यस्तो छ सम्भावित कार्यसूची

 

काठमाडौं, १२ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ  ।

 

जसअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेसन आब्हान सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउनेछन् ।

 

राष्ट्रपति कार्यालयवाट प्राप्त प्रधानमन्त्रीका कार्यभार र मन्त्रीपरिषद गठनसबन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्री परिषदबाट प्राप्त कार्याभार थपसबन्धी हरूको ब्योहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख गरिएकोछ ।

 

आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।

 

अधिवेसनको प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ आफनो मनतब्य राख्नेछन भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बैकल्पिक विकास बित्त परिचालन बिधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस