• शुक्रबार-बैशाख-१२-२०८२

🛫 नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व !

   रामबाबु थापा अध्यक्षमा निर्वाचित, सशक्त कार्यसमिति चयन


काठमाडौं, वैशाख १२ — नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनको अध्यक्षमा रामबाबु थापा निर्वाचित भएका छन् । निगमको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

 

२०८२ साल वैशाख ११ गते, बिहीबार काठमाडौँमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नीर बहादुर बर्देवा, उपाध्यक्षहरूमा शिशिर झा, कमल प्रकाश न्यौपाने, संजिव प्रसाद साह, र रेग बहादुर बिकलाई चयन गरेको छ। महासचिवमा सुमन घिमिरे, उप-महासचिवमा दीपक जंग ठाकुर, सचिवहरूमा विशाल दाहाल, दान बहादुर अर्याल, लोक राज जोसी, रविन राजवंशी र सञ्जुला पोखरेल चयन भएका छन्।

 

त्यस्तै, सह-सचिवमा भिमार्जुन भण्डारी, ज्वाला प्रसाद नायक र नवीन अर्याल रहेका छन्। कोषाध्यक्षमा सम्झना पौडेल तथा सह-कोषाध्यक्षमा दिल बहादुर भण्डारी चयन भएका छन्।

नवगठित कार्यसमितिका सदस्यहरू

नयाँ कार्यसमितिका सदस्यहरूमा मुरारी प्रसाद अधिकारी, साधना कुवर, निशा सिंह, गणेश कुमार चौधरी, उत्तम संजेल, चिरञ्जीवी श्रेष्ठ, सुजन पाण्डे, उज्ज्वल ढुंगाना, दिपक चिमोरिया, उपेन्द्र पराजुली, उमेश थापा, टेक बहादुर केपछाकी, लक्ष्मी कटुवाल, अमर मान डंगोल, श्रीराम भण्डारी र रामसरण श्रेष्ठ रहेका छन्।

 

सल्लाहकार र अतिथिको उपस्थिति


सल्लाहकारहरूमा तुल्सीराम थापा, भानुभक्त कटुवाल र विजय अधिकारी चयन भएका छन्।

 

महाधिवेशनको उद्घाटन सत्र निवर्तमान वरिष्ठ उपाध्यक्ष नीर बहादुर बर्देवाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमल कुमार खनाल प्रमुख अतिथि थिए।

 

त्यस्तै, संस्थापक अध्यक्ष गोपाल सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णमान श्रेष्ठ, समाजवादी पेसागत कानुनी व्यवसायी संगठनका अध्यक्ष डेकेन्द्र प्रसाद सुवेदी, महासचिव अमर बहादुर राउत, सार्वजनिक संस्था कर्मचारी संगठनका अध्यक्ष दीर्घराज ढुङ्गानालगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष कृष्ण प्रसाद बजगाईंले गरेका थिए।

प्रतिकृया दिनुहोस