काठमाडौं, वैशाख ७ । निर्वाचन आयोग, नेपालले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ अनुसार देशव्यापी रूपमा मतदाता नामावली अद्यावधिक कार्यक्रम प्रारम्भ गरेको छ। आयोगका अनुसार, २०८१ चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकहरूको विवरणलाई २०८२ वैशाख १ गतेदेखि अद्यावधिकको प्रक्रियामा समावेश गरिएको छ।
कार्यक्रम अन्तर्गत प्रकाशित प्रारम्भिक मतदाता नामावली आयोगको वेबसाइट www.election.gov.np मा सार्वजनिक गरिएको छ। नामावलीमा त्रुटि भएमा सच्याउन, दोहोरो दर्ता भएका व्यक्तिको विवरण एक ठाउँमा कायम गर्न, मृत्यु भएका वा नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाउन तथा उजुरी दिनुपर्ने भए वैशाख ७ गतेदेखि १४ गतेभित्र सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम अनुसार अन्तिम नामावली २०८२ वैशाख मसान्तमा प्रकाशित गरिनेछ। यस अवधिमा पनि नयाँ मतदाता दर्ता तथा अन्य अद्यावधिक कार्यहरू निरन्तर भइरहने जानकारी दिइएको छ।
निर्वाचन आयोगले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण मतदाता तथा सरोकारवाला निकायहरूलाई समयमै अनलाइन वा कार्यालयमार्फत सम्पर्क गर्न हार्दिक अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस