काठमाडौ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंंह भन्डारीले वैदेशिक रोजगार ब्याबसायीलाई अझै मर्यादित बनाउने जिम्मा ब्यबसायीहरुको नै भएको बताएका छन ।
आज काठमाडौंमा वैदेशिक रोजागार ब्याबसायी संघको ३१ औं साधारणसभा कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले यस्तो बताएका हुन । उनले वैदेशिक रोजगार निकै मर्यादित पेशा भएको उल्लेख गर्दै यसलाई अझै मर्यादित र ब्यबस्थित बनाउनु पर्नेमा जोड दिनु भयो ।
आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन वर्षको रुपमा अगाडि सारिएको बताउँदै दशकमा श्रम बजारको सम्भावना खोज्ने, श्रम बजारको बिकास गर्ने, श्रम बजारमा प्रवर्द्धनकार गर्ने उल्लेख गरेका छन ।
रोजगार र आर्थिक बिकास एक आपसका परिपूरक भएको जिकिर गर्दै श्रमिकको माग सिर्जना गर्ने, दक्ष श्रमिकआपूर्ती गर्ने र आर्थिक बिकासको लागि श्रम बजार प्रवर्द्धन गर्ने जस्ता सबै रोजगार शृङ्खलामा श्रम मन्त्रालयले सहकार्य गर्न तयार रहेको प्रतिबद्धतासमेत ब्यक्त गरेका छन ।
समृद्ध नेपाल सुखी नेपाली हाम्रो दीर्घकालीन लक्ष्य हो। उहाँले भन्नुभयो, यसको एक प्रमुख लक्ष उत्पादन र उत्पादकत्व अभिबृद्धीको साझा लक्ष्य पनि हो। उक्त अबसरमा उहाँले एक महिना भित्र युरोपका देशहरुमा प्रमानिकरण गर्ने कार्य सुरु हुने खुलासा गर्दै त्यसका लागि द्रुत गतिमा काम भैरहेको जानकारी गराए ।
प्रतिकृया दिनुहोस