• सोमबार-बैशाख-१-२०८२

ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु


बर्दिया, २५ चैतः नेपालकै पहिलो भनिएको खो–खो लिग प्रतियोगिता यहाँको ठाकुरबाबा नगरपालिकामा चैत २४ गतेदेखि सुरु भएको छ । नेपाल खो–खो सङ्घका अध्यक्ष प्रदीप महर्जनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

 

    यो प्रतियोगिता रानीपुर कभर्डहलमा यही चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा पाँच टिम–डली कन्स्ट्रक्सन राइनोज, न्याचर नेष्ट टाइगर्स, विकास प्रेमी ब्ल्याकबक, सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्सबीच कुल १४ खेल हुने छ ।

 

    प्रतियोगिताको पहिलो दिन आज डली कन्स्ट्रक्सन राइनोज र न्याचर नेष्ट टाइगर्सबीच कडा प्रतिस्पर्धा भयो । त्यसैगरी सुदूरपश्चिम किंग्स र कञ्चन गडाहवा रोयल्सबीच पनि खेल भएको छ । ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भूमि मानिँदै आएको छ ।

 

    प्रवेश शुल्कको रूपमा सम्पूर्ण प्रतियोगिता अवधिका लागि ठिकट दर रु एक हजार तोकिएको छ भने एक दिनका लागि रु २००  निर्धारण गरिएको छ । विद्यार्थीका लागि यो दर पुरै खेल अवधिका लागि रु ५०० र एक दिनका लागि रु १५० तोकिएको आयोजकले जनाएको छ ।

 

    विसं २०७० देखि ठाकुरबाबा नगरपालिकामा खो–खो खेल हुँदै आएको हो । विश्वकप खो–खो प्रतियोगितामा नेपालले उपविजेता स्थान हासिल गरिसकेको छ । जसले यो लिगलाई अझै प्रेरणादायी बनाएको छ

प्रतिकृया दिनुहोस