• मंगलबार-बैशाख-२-२०८२

प्रदेशसभामा प्रधानमन्त्री ओलीले गरिरहेकाे सम्बोधनमा उपेन्द्रको आपत्ति

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गएर गरिरहेको सम्बोधन प्रति जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् ।

 

प्रदेश सभा सदस्य नै नभएको ब्यक्तिले कुन हैसियतमा प्रदेश सभामा सम्बोधन गरिरहेको हो ? भन्दै ओलीको पछिल्लो सम्बोधन प्रति उनले आपत्ति जनाएका हुन् ।
 

‘प्रदेशसभाको सदस्य नै न भएको ब्यक्ति,  केवल प्रधानमन्त्रीको हैसियतले मात्र प्रदेश सभाहरुलाई सम्बोधन गर्ने चलन र परम्परा कुनै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था भएको मुलुकमा देखिदैन ्र सङघीय संसदमा अन्य मुलुकबाट आएका सम्माननीय राजकीय अतिथिले सरकार र सभामुख को अनुमतिप्राप्त भए पछि मात्र विशेष सम्बोधन गर्ने चलन रहेका छन्,’ यादवको सार्बजनिक टिप्पणी छ, ‘नेपालको प्रधानमन्त्री प्रदेशसभाहरुमा गई सम्बोधन गर्नु सङघीय गणतन्त्र कै उपेक्षा ,उपहास र अवमुल्यन गर्नु हो ।’

 

उनको थप प्रश्न रहेको छ, ‘सङ्घीयतालाई कार्यन्वन नै नगर्ने, प्रदेसलाई अधिकार, श्रोतसाधन र जनशक्ति बिहीन र कमजोर पार्दै, अन्त्यमा सङ्घीय गणतन्त्रलाई नै समाप्त गर्ने षड्यन्त्र हो की ? अज्ञानता हो या सत्ताको दम्भ हो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुल्य, मान्यता , सिद्धान्न्त र आदर्श विपरित कार्य किन ? यो सम्बोधन को उद्देश्य के हो ?’

प्रतिकृया दिनुहोस