काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो ।
माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङको फिचरिङ रहेको छ ।
प्रतिकृया दिनुहोस