सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसहरुमा सोमबार भएको स्ववियु निर्वाचनमा कालीकोटको तीला कर्णाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका हिक्मत सिंह विजयी भएका छन् ।
सिंहले ७२ मत प्राप्त गरी विजयी हूँदा उनका प्रतिस्पर्धी अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट उम्मेदवार बनेकी दिपा शाहीले ५३ मत प्राप्त गरेकी छन् । सचिवमा नेविसंघ र अनेरास्ववियुको गठबन्धनका खगेन्द्र पाण्डेले ७१ मत ल्याएर विजयी भएका छन् भने साझा प्यानलका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष साझा प्यानलकी मिना शाहीले ६३ मत लिएर विजयी भइन् भने गठबन्धनकी दुर्गा शाहीले ६२ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार शर्मिला शाहीले ३ मत मात्र प्राप्त गरेकी छन् । १ सय ४५ मतदाता रहेको उक्त क्याम्पसमा सोमबार भएको निर्वाचनमा १ सय ३३ जनाले मतदान गरेका थिए ।
प्रतिकृया दिनुहोस