• बुधबार-चैत-१३-२०८१

ओस्कार विजेता प्यालेस्टाइनी निर्देशकलाई इजरायलद्दारा पक्राउ

 

गाजा । ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ ।

 

 

उनलाई पक्राउ गर्नुअघि इजरायली जनताले उनी माथी कुटपिटसमेत गरेका थिए । उनका सहकर्मी युवल अब्राहमले एक पोस्टमार्फत उनको पक्राउका बारेमा जानकारी दिएका हुन् ।

 

 

यसबारे वकिल ली त्सेमेलले सुसिया गाउँमा फिल्म निर्माता हमदान बलालसहित तीन प्यालेस्टिनी नागरिकलाई पक्राउ गरिएको बताए । उनले प्रहरीसँग सम्पर्क गर्न नसकेको पनि बताएकी छिन । कसैले भने, उनलाई उपचारको लागि सैन्य सुविधामा हिरासतमा रहेको बताएको थियो। 

 

 

यो घटना आफूले आफ्नै आँखाले देखेको फिल्मका सह निर्देशक बेसल आद्राले बताए । उनले भने कि दुई दर्जन भन्दा बढी इजरायलीहरू प्यालेस्टाइनी बसोबास गर्नेहरू समुदायमा प्रवेश गरेका थिए । उनका अनुसार कसैले इजरायली वर्दी लगाएका थिए, कसैले राइफल बोकेका थिए र कसैले मास्क लगाएका थिए। सो क्रममा स्थानीयले ढुंगा प्रहार गरेका थिए । 

 

 

जब सैनिकहरूले प्यालेस्टिनी नागरिकहरूलाई आफ्नो हतियार देखाउँदै थिए। उनले अगाडी भने,  ‘हामी ओस्कारबाट फर्केका थियौँ र त्यसपछि हरेक दिन हामीमाथि नयाँ–नयाँ आक्रमण भइरहेको छ । सायद यो उनीहरुले हाम्रो फिल्म बनाउनुको बदला हुनसक्छ । यो हामीलाई सजाय जस्तो लाग्छ।’

 

 

इजरायली सेनाले यस मामिलामा इजरायली र प्यालेस्टिनी नागरिकहरू संलग्न रहेको ‘हिंसक झडप’ पछि इजरायली नागरिकलाई पक्राउ गरिएको दाबी गरेको छ। यससँगै ३ प्यालेस्टिनी नागरिक पक्राउ परेका छन् । जसविरुद्ध उनले सैनिकलाई ढुंगा हानेको आरोप लागेको थियो । यद्यपि, साक्षीहरूका अनुसार यो कथन पूर्ण रूपमा सही थिएन।
 

प्रतिकृया दिनुहोस