• शुक्रबार-चैत-१५-२०८१

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

 

काठमाडौं, १२ चैत्र । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 


बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आईपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।

 

रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । रेटिङ एजेन्सी केर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयर एनपी बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

 

आईपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।
 

 

प्रतिकृया दिनुहोस