• सोमबार-चैत-१८-२०८१

तीस हजार घुससहित प्रहरी नायब निरीक्षक खड्का पक्राउ

 

काठमाडौं । नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर खड्कालाई ३० हजार घुस रकमसहित बिहीबार पक्राउ गरेको हो ।

 

सई खड्काले दुर्गौलिया नाका हुँदै भन्सार छलीको सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको सूचना पाएपछि अख्तियारको टोली परिचालन भएको थियो ।

 

टोलीले खड्कालाई ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा मायादेवी गाउँपालिका-६ बाट पक्राउ गरेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

 

खड्कालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको प्रवक्ता पौडेलले बताए ।

 

 

प्रतिकृया दिनुहोस