काठमाडाैं । नेपाल हालसम्मकै गम्भीर संकटमा पुगेको भन्दै एक बृहत् नागरिक विद्रोहको आह्वान गरिएको छ । आन्दोलनका अगुवाले २०८१ चैत्र १५ गते तीनकुने चौरमा भेला हुन आम नेपालीलाई दुर्गा प्रसाईंले निमन्त्रणा दिएका छन्।
आन्दोलनकारीहरूका अनुसार नेपालभित्र नेपालीहरू बेरोजगारी र आर्थिक संकटबाट गुज्रिरहेका छन् भने मुलुकका स्रोतसाधन सीमित वर्गको हातमा पुगेका छन्।
यस विद्रोहलाई विभिन्न राजनीतिक दल तथा संघ/संस्थाले समर्थन जनाइसकेको बताइए पनि कुनै निश्चित विचारधाराभन्दा "नेपाल विचार" महत्त्वपूर्ण रहेको अगुवाहरूको भनाइ छ।
आन्दोलन रोक्न सरकार आफूमाथि नजरबन्दको योजना बुन्दैछ भन्ने आरोपसमेत लगाइएको छ। "म डराउँदिन, भाग्ने छैन, बिचलित हुनेछैन," भन्दै दुर्गा प्रसाईंले नागरिकहरूलाई ऊर्जावान भएर सहभागी हुन अपिल गरेका छन् ।
यो आह्वानलाई लिएर राजनीतिक वृत्तमा चर्चा चुलिएको छ भने सरकारको प्रतिक्रिया आउन बाँकी छ। अबको राजनीतिक घटनाक्रम कतातिर मोडिन्छ भन्ने चासो सबैमा बढ्दै गएको छ।
प्रतिकृया दिनुहोस