• सोमबार-चैत-१८-२०८१

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

 

काठमाडौं । चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ ।

 

लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो । उनलाई  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यमा नियुक्ति दिएका हुन् ।

 

लोहनीले २०४९ सालबाट चलचित्र अपमानमा नायकको भूमिकादेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै विभिन्न चलचित्र तथा टेलिभिजन कार्यक्रमहरूमा अभिनय, निर्देशन तथा निर्माण गरेका छन् ।

 

उनले ‘अपमान’ र ‘जय विजय’जस्ता चलचित्रहरूमा मुख्य भूमिका निभाएका थिए भने ‘नारी, द वुमन’, ‘हलो नेपाल’, र ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरूमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

 

नवनियुक्त सदस्य लोहनीले चलचित्र विकास बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत चलचित्रको विश्वव्यापी प्रचार-प्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लोहनी हाल चलचित्र विकास बोर्ड अन्तर्राष्ट्रिय चलचित्र प्रवर्द्धन समितिको सदस्यसमेत रहेका छन् ।

 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

 

 

प्रतिकृया दिनुहोस