काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकारले हरेक क्षेत्रको राजनीतिक नियुक्तिमा बिचौलिया, उद्योगी व्यवसायीहरूको प्रस्ताव र प्याकेजमा ’डिल गरेर’ नियुक्ति गर्ने गरेको स्पष्ट देखिने गरेको छ ।
बीमा, सेबोन, स्टक एक्स्चेन्ज होस् कि नेपाल विद्युत प्राधिकरणको प्रमुखको नियुक्ति होस् बिचौलियाहरूको प्रस्ताव अनुसार नियुक्ति हुने गरेको छ
।
विभिन्न निकाय र क्षेत्रका प्रमुखहरूको नियुक्तिमा खास खास बिचौलियाहरू नै निर्णायक हुने गरेका छन् । यी बिचौलियाहरूले सत्तारूढ दलका नेता र सरकारलाई प्रभावमा पारेर आफू अनुकूलका व्यक्तिहरू प्रस्ताव गर्ने र सरकारले पनि तिनै व्यक्तिहरूलाई नियुक्ति दिने गरेको पाइन्छ ।
बीमा, सेबोन, स्टक एक्स्चेन्जलगायत वित्तीय निकायहरूमा आफ्ना मानिसहरूको नियुक्ति गराउन केही मारवाडी र बिचौलिया सफल भएपछि अब नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा समेत ’’आफ्नै प्यादा’’लाई नियुक्ति गराएर समग्र अर्थतन्त्र नै आफ्नो कब्जामा लिन लागेका छन् ।
२०८१ साल चैत ११ गते साँझबाट आर्थिक क्षेत्रमा चलेको चर्चा अनुसार, नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २८ करोडको डिल भएको बुझिन्छ । आर्थिक क्षेत्रमा सफल,
विज्ञ, निष्कलंक व्यक्ति बाहेक बैकिङ्ग क्षेत्रमै असफल र कुनै उद्योगी, व्यवसायीले बोकेका व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर बन्यो भने आश्चर्य नहुने अर्थ मन्त्रालय सम्बद्ध व्यक्तिहरू बताउछन् ।
यसक्रममा दशकौंदेखि निजी क्षेत्रको सेवामा समर्पित रहँदै आएका विवादस्पद व्यक्ति ज्ञानेन्द्र ढुंगानालाई वित्तीय माफियाले आफ्नो उम्मेदवार प्रस्ताव गरेका छन् ।
नबिल बैंकको सिइओ ज्ञानेन्द्र ढुंगानाले विवादस्पद व्यक्ति दुर्गा प्रसाइलाई अर्ब रूपैयाँ भन्दा बढी रकम ऋण लगानी गरेर एन बी बैंक डुबाएका थिए । एन बी बैंक डुबाएका मात्रै होइन विनोद चौधरीको डिजाइनमा नबिल बैंकमा मर्ज गराउने काम पनि गरेका थिए ।
यही गुन तिर्न विनोद चौधरीले पर्राष्ट्र मन्त्री आरजु राणामार्फत ज्ञानेन्द्र ढुंगानालाई भावी गभर्नरमा प्रस्ताव गरेपछि ढुंगानाले नविल बैंकको सिइओबाट राजीनामा समेत दिएको चर्चा छ ।
प्रतिकृया दिनुहोस