• बुधबार-फाल्गुण-२८-२०८१

मिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम स्थल विशौल पुग्दै


जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम स्थल विशौल पुग्ने भएको छ ।


मंगलबार करुणा पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि विशौलका लागि प्रस्थान गरेका छन् । विशौल भारतमा पर्ने परिक्रमाको अन्तिम स्थल हो । धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४औं दिन करुणा पुगेको थियो भने आज १४औं दिन विशौलमा रात्रि विश्राम गर्नेछन् ।


आज विशौलमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै विशौलमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । विशौलमा आज धुमधामका साथ परक्रमाका यात्रुहरुसंग होली खेल्ने गरिन्छ ।

 

आज विशौलमा रात्रि विश्राम गरी भोलि परिक्रमा जनकपुर आई पुग्नेछ । त्यसपछि पर्सी बिहान जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

 

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

 

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
 

 

 

प्रतिकृया दिनुहोस