• बुधबार-फाल्गुण-२८-२०८१

सुनको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी २ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस