बारम्बार नाकमा (साइनस) संक्रमण हुनुका धेरै कारणहरू रहेका छन् । यस्तो समस्या हुनुका प्रमुख कारणहरु कमजोर प्रतिरक्षा र एलर्जी हुन् । साइनस संक्रमण वा साइनसाइटिस तब हुन्छ जब साइनसहरू सुनिन्छन् । साइनस भनेको नाकसँग जोडिएको खाली भाग हो । साइनस समस्या भएको अवस्थामा साइनस वरपरका भागहरूमा दुखाइ, नाक बन्द हुनु, सिगान जम्मा हुनु र केही गम्भीर अवस्थामा ज्वरो, खोकी र टाउको दुखाइ जस्ता धेरै समस्याहरूको सामना गर्नुपर्छ । बारम्बार परिवर्तन हुने मौसममा पनि मानिसहरूलाई साइनस संक्रमण हुने जोखिम बढी हुन्छ । तर, केही मानिसहरूलाई बारम्बार साइनस संक्रमण भइरहन्छ ।
बारम्बार साइनस संक्रमण हुनुका कारणहरू
एलर्जीहरू : एलर्जी भइराख्ने मानिसहरुलाई साइनस संक्रमण हुने जोखिम हुन्छ । मूलतः एलर्जीले नाकको तन्तुहरू सुनिन्छ, जसले गर्दा यो लक्षण देखापर्छ । यस्तो अवस्थामा व्यक्तिलाई साइनस संक्रमण हुन्छ । एलर्जीको कारणले हुने साइनस संक्रमणमा, अत्यधिक मात्रामा सिगान जम्मा हुन्छ, जसले नाकमा अवरोध निम्त्याउँछ ।
संक्रमण : विभिन्न संक्रमणले पनि साइनस संक्रमण हुनसक्छ । ब्याक्टेरिया, भाइरल र फंगल संक्रमणले यो अवस्था निम्त्याउन सक्छ । भाइरल इन्फेक्सनका कारण व्यक्तिलाई रुघा र खोकी लाग्छ, जसका कारण नाक बन्द हुन्छ र साइनस इन्फेक्सन हुन थाल्छ । त्यसैगरी, जब ब्याक्टेरियाको संक्रमण हुन्छ, साइनस मार्ग अवरुद्ध हुन्छ, जसले गर्दा साइनस संक्रमण हुन्छ । फंगल संक्रमणले पनि त्यस्तै जोखिम निम्त्याउन सक्छ ।
कमजोर प्रतिरक्षा : कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूलाई पनि साइनस संक्रमणको जोखिम बढी हुन्छ । कमजोर प्रतिरक्षा प्रणालीको कारण मौसम परिवर्तन हुँदा मानिस बिरामी पर्छन् । यस्ता व्यक्तिहरूलाई बारम्बार साइनस संक्रमण हुन सक्छ ।
प्रदुषण : धेरै धुलो र फोहोर भएको ठाउँमा बढी समय बिताउने मानिसहरु पनि साइनस संक्रमणको जोखिममा पर्छन् । धेरै धुलो भएको ठाउँमा नजाने, मुख र नाक मास्कले छोप्ने जस्ता उपाय अपनाउनुपर्दछ । यसरी साइनसमा धुलो पस्ने जोखिम कम हुन्छ ।
साइनस संक्रमण कसरी बच्ने ? – एलर्जी गराउने चिजबाट टाढै रहनुपर्दछ ।
–तनावको स्तर कम राख्नुपर्दछ । तनावले साइनसलाई प्रत्यक्ष रुपमा असर नगरेपनि संक्रमणलाई बढावा दिने काम गर्दछ ।
–संक्रमण भइसकेको अवथामा सरसफाइ विशेष ध्यान दिनुपर्दछ । अपरिचित व्यक्तिहरुसँग हात नमिलाउने, हात धुने गर्नुपर्छ र धुलो धुँवामा नबस्ने र मास्क लगाउने गर्नुपर्दछ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस