काठमाडौँ । बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै बायर्न म्युनिख समग्रमा ५-० को नतिजासहित क्वाटरफाइनलमा पुगेको हो । बायर्न म्युनिखले बायर लिभरकुसनलाई पहिलो लिगमा ३-० ले पराजित गरेको थियो ।
यस खेलमा बायर्न म्युनिखको जितमा ह्यारी केन र अल्फोन्सो डेभिजले एक एक गोल गरेका थिए । यो हारसहित बायर लिभरकुसनको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । अब क्वाटरफाइनलमा बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्ने छ । र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।
बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराति सम्पन राउण्ड १६ को दोस्रो लिग खेलमा बार्सिलोनाले पोर्चुगीच क्लब बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । बार्सिलोनाले पहिलो लिगमा १-० को जित हासिल गरेको आधारमा समग्रमा ४-१ को नतिजासहित जित हासिल गरेको छ ।
यस खेलमा बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमलले एक गोल गरेका थिए । त्यसैगरी बेनिफिकाका लागि एक गोल निकोलस ओटामेन्डीले गरेका थिए ।
यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने बेनिफिकाको च्याम्पियन्स लिगको यस सिजनको यात्रा समाप्त भएको छ ।
इन्टर मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इन्टर मिलानले डच क्लब फेयनूर्डलाई २-१ ले पराजित गरेको थियो । योसहित इन्टर मिलानले पहिलो लिगमा २-० को अग्रताको आधारमा समग्रमा ४-१ गोल अन्तरको नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । यस खेलमा इन्टर मिलानको जितमा मार्कस थुराम र हकन कल्हानोग्लुले एक एक गोल गरेका थिए । त्यस्तै फेयनूर्डका लागि एक गोल जाकुब मोडेरले गरेका थिए ।
यो हारसहित फेयनूर्डको यस सिजनमा च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ । अब क्वाटरफाइनलमा इन्टर मिलानले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्ने छ । र क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ८ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।
प्रतिकृया दिनुहोस