• मंगलबार-फाल्गुण-१३-२०८१

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध

 

काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुनुपर्ने समुह बी अन्तर्गतको यो खेल लगातारको बर्षापछि रद्ध शुरुनै नभएर रद्ध भएको छ ।

 

खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन् । यसपछि समुह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ  ।

 

यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार बेहोरेर अंकविहिन रहेका छन् । अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । यो खेल पाकिस्तानको लाहोरमा हुने छ । च्याम्पियन्स ट्रफी अन्तर्गत समुह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २-२ खेलमा हार बेहोरेर बाहिरिएका छन् ।
 

प्रतिकृया दिनुहोस